बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

घट्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

दैनिक नेपाल २०७९ वैशाख २८ गते ११:२९

काठमाडौँ, २८ वैशाख । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोल एक हजारले घटेर ९७ हजार तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० थियो ।

प्रतिक्रिया
सम्बन्धित