सोमबार, ९ जेठ २०७९
DainikNepal.com
सोमबार, ९ जेठ २०७९

संयुक्त राष्ट्रसंघका महासचिवद्धारा खाद्य सुरक्षाका लागि आह्वान

दैनिक नेपाल २०७९ वैशाख २९ गते १२:२२

संयुक्त राष्ट्रसंघ, २९ वैशाख । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्व द्याद्य सुरक्षाका लागि केही पहल गर्नुपर्ने बताउनुभएको छ । उहाँले केही वर्षयतादेखि नै विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने अवस्था देखिँदै आएको बताउँदै तर युक्रेन र रुसको द्धन्द्धका कारण पछिल्ला दिनमा यसको समस्या झन् बढी देखिएको बताउनुभएको छ ।

विश्वमा दिन प्रतिदिन खाद्य संकट बढ्दै गएको भन्दै यसका लागि केही गर्नुपर्ने उहाँले बताउनुभएको छ । विश्वमा देशहरुलाई खाद्यान्नको सुरक्षाका लागि पनि विशेष खालका कार्यक्रमहरु लक्षित गर्न आग्रह गर्नुभएको हो ।

उहाँले अहिले विश्वमा खाद्य असुरक्षा बढ्दै गएको र त्यस्तै अवस्था आफूले हालै गरेको युक्रेन र रुसको भ्रमणका क्रममा पनि देखिएको भन्दै यसका लागि केही गर्नुपर्नेमा उहाँले सबैलाई आग्रह गर्नुभएको हो ।

हिजो भियनामा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले सो कुरामा जोड दिनुभएको थियो । रुस युक्रेन द्धन्द्धका कारण यहाँ इन्धनको आपूर्तिमा समस्या देखिएको र त्यसबाट उत्पन्न भएको समस्याबाट हाल ती दुई देश मात्र नभएर बाहिरी विश्व पनि समस्यामा परेको महासचिव गुटरेसको भनाई छ ।–रासस

प्रतिक्रिया
सम्बन्धित