बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

स्थानीय तह निर्वाचनः सप्तरीमा कुटिए मतदान अधिकृत, मतपेटिका तोडफोड

दैनिक नेपाल २०७९ वैशाख ३० गते १३:२७

सप्तरी, ३० वैशाख । सप्तरीको एक मतदानस्थलका मतदान अधिकृतमाथि हातपात भएको छ ।

डाक्नेश्वरी नगरपालिकाको–२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिका तोडफोड गर्दै अधिकृत विपिन यादवमाथि कुटपिट गरेका हुन् । कुटपिटपछि मतदान अधिकृत यादव घाइते भएका छन् । उनलाई उपचारका लागि राजविराज पठाइएको छ ।

घटनापछि मतदान स्थगित भएको छ ।

२ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केही व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट सुरु गरेका थिए । ती व्यक्तिहरुले मतदानस्थलका कागजातहरु समेत च्यातेका छन् ।

निर्वाचन आयोग अब त्यहाँ आजै मतदान हुने स्थिति नरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित