शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

स्थानीय तह निर्वाचनः १४ जिल्लाका ४४ स्थानमा मतदान स्थगित

दैनिक नेपाल २०७९ वैशाख ३० गते २०:५३

काठमाडौँ, ३० वैशाख । शुक्रबार देशभर सम्पन्न स्थानीय तहको निर्वाचनमा १४ जिल्लाका ४४ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ ।

निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगित भएको जनाएको छ । आयोगले शुक्रवार साँझ पत्रकार सम्मेलन गरी कतिपय मतदान केन्द्रमा मौसमको खराबीका कारण पनि स्थगित भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आम रूपमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । ‘सबै ठाउँमा एकैचरणमा मतदान सम्पन्न हुने अपेक्षा गरेका थियौँ, तर दलहरूको बीचमा उत्पन्न विवादले उग्र रूप लिएको र वर्षाका कारण समेत गरी देशभर ४४ वटा स्थानीय तहमा मतदान सम्पन्न हुन सकेन’, थपलियाले पत्रकार सम्मेलनमा भने ।

यसपटक कममा ५० देखि बढीमा ७५ प्रतिशतसम्म मतदान भएको आयोगले जानकारी दिएको छ । स्थगन भएका मतदान केन्द्रको मतदान आयोगसँगको समन्वयमा छिट्टै गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित