शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

तनहुँको आँबुखैरेनीमा मतपेटिका लैजाने क्रममा कांग्रेस र माओवादीबीच झडप, ५ राउण्ड गोली चल्यो

दैनिक नेपाल २०७९ वैशाख ३० गते २१:४३

आँबुखैरेनी, ३० वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका १ स्थित मित्रता मावि मतदान केन्द्रमा नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।

शुक्रबार साँझ मतदान सकेर सिल गरि मतगणना स्थलतर्फ मतपेटिका लैजाने क्रममा दुई पक्षबीच झडप भएको हो ।

झडपमा प्रहरी माथि समेत ढुङ्गामुढा भएपछि मतपेटिका सुरक्षाका लागि प्रहरीले ५ राउण्ड हवाईफायर गर्नुपरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनी जनाएको छ ।

झडपमा ८ जना स्थानीय र एक जना म्यादी प्रहरी घाइते भएका छन् ।

यद्यपि प्रहरीले मतपेटिका सुरक्षित स्थानमा पुर्याइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित