बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

मतगणनाः मनाङको चामेमा एमाले अघि

दैनिक नेपाल २०७९ वैशाख ३० गते २२:४४

काठमाडौँ, ३० वैशाख । मनाङको चामे गाउँपालिकामा नेकपा (एमाले)को अग्रता देखिएको छ ।

कूल ५ वटा वडामध्ये हालसम्म २ वटा वडाको गनिसक्दा अध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।

एमालेका लोकेन्द्रबहादुर घलेले १५२ उपाध्यक्षमा आशकुमारी गुरुङले १५४ मत पाएका छन् । नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्ष उम्मेदवार मिङमार ढोमा लामाले १२९ मत पाएका छन् ।

५ वडा रहेको चामेमा जम्मा ७११ जना मतदाता छन् । जसमध्ये ६१० मत खसेको थियो ।

मनाङका ४ वटै स्थानीय तहमा ८ बजेदेखि मतगणना थालिएको हो । गाउँपालिका कार्यालय रहेका भवनमा निर्माण गरिएको मतगणना स्थलमा मतगणना भएको छ ।

२८ वटा वडा रहेको मनाङमा २८ वटै मतदान केन्द्र रहेको छ । मनाङमा कुल मतदाता ६ हजार ४ सय ९६ जना रहेकोमा ४ हजार ६७ मत खसेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए । यो ६२.६० प्रतिशत मत खसेको हो ।

प्रतिक्रिया
सम्बन्धित