शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

मनाङको चामेको अध्यक्षमा एमालेका घले र नार्पाभूमिमा काँग्रेसका लामा विजयी

दैनिक नेपाल २०७९ वैशाख ३१ गते ७:२१

 

काठमाडौँ, ३१ वैशाख । मनाङको चामे गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन् ।

शुक्रबार भएको ास्थानीय तहको निर्वाचनबाट उनी दोस्रो कार्यकालका लागि सो गाउँपालिकामा निर्वाचित बनेका हुन् ।

उनले ३ सय २० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याए ।

त्यस्तै, उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३ सय २५ मत ल्याउँदा एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत ल्याइन् ।

त्यस्तै, मनाङको नार्पाभूमि गाउँपालिकामा काँग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् ।

उनी १ सय ५८ मत ल्याएर विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १ सय ११ मत ल्याएर पराजित भए ।

यस्तै, उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भइसकेका थिए ।

प्रतिक्रिया
सम्बन्धित