शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

जनकपुरमा स्वतन्त्र उम्मेदवार फराकिलो अन्तरले अगाडि, गठबन्धन पाँचौँ स्थानमा

दैनिक नेपाल २०७९ वैशाख ३१ गते ११:४०

काठमाडौं, ३१ वैशाख । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवारले फराकिलो अन्तर अग्रता कायम गरेका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार पाँचौं नम्बरमा परेका छन् ।

नेपाली कांग्रेस त्यागेर वागी उम्मेदवार बनेका मनोज साहले मेयरमा अग्रता लिइरहेका छन् । उनको निर्वाचन चिन्ह घण्टाघरमा २३२ मत पर्दा नेकपा एमालेले मेयरमा ९५ मत प्राप्त गरेको छ ।

तेस्रो स्थानमा आँप चुनाव चिन्हले ५३ मत ल्याएको छ ।

लोसपाका उम्मेदवारले ४१ मत ल्याउँदा गठबन्धनतर्फबाट जसपा उम्मेदवारले ३४ मतमात्रै ल्याएका छन् । हालसम्म ७०० मत गणना भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित