सोमबार, ९ जेठ २०७९
DainikNepal.com
सोमबार, ९ जेठ २०७९

काठमाडौँको गोकर्णेश्वरमा २१ सय मत गन्दा एमालेको अग्रता

दैनिक नेपाल २०७९ वैशाख ३१ गते ११:५२

काठमाडौँ, ३१ वैशाख । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा एमालेले अग्रता हासिल गरेको छ । यतिबेला सो नगरपालिकाको वडा नंबर १ को मतगणना भइरहेको छ ।

२१ सय मत गणना हुँदा एमालेबाट प्रमुखका उम्मेदवार उद्धव विष्टले ९ सय ८५ मत पाएका छन् । यस्तै उपप्रमुखमा सान्नानी लामाले १ हजार ५१ मत पाएकी छिन् ।

नेपाली काँग्रेसबाट प्रमुखका उम्मेदवार दीपक रिसालले ९ सय १५ मत पाएका छन् । यस्तै उपप्रमुखकी उम्मेदवार शान्ति नेपालले ८ सय १८ मत पाएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित