शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मलेसियामा २४ घन्टामा २ हजार ३०० संक्रमण पुष्टि, तीनको मृत्यु

दैनिक नेपाल २०७९ जेठ १ गते १४:१२

क्वाललम्पुर, १ जेठ । मलेसियामा गएको २४ घन्टामा कम्तीमा पनि २ हजार ३७३ जना नयाँ संक्रमित थपिएका छन् ।साथै यो अवधिमा यहाँ कोभिडबाट तीन जनाको ज्यान पनि गएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ देशभित्र र बाहिरबाट आएकाहरुमा कोभिडको संक्रमण देखिएको छ ।

पहिलेको तुलनामा यहाँ संक्रमितहरु घटेको भए पनि यहाँ कोभिडको संक्रमण उल्लेख्य मात्रामा कम हनु भने सकेको छैन । यहाँ अहिलेसम्म ४४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै कोभिड संक्रमण सुरु भएदेखि अहिलेसम्म यहाँ ३५ हजार भन्दा बढीको ज्यान गएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित