शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

आफैंमा हारेको बुद्धत्व

S.R. Duwadi २०७९ जेठ ३ गते ८:५८

आज ,
हावा गह्रौं भएको छ
पानी साह्रो भएको छ
शब्द शब्द जस्तो नै छैन
दृश्य धूमिल छ,
दिन प्रतिदिन लोलाउदै छ
स्वयम्भूका दुई आँखा ।

बुद्धं शरणं गच्छामि ।
सुगा रटाई चलि नै रह्यो ,
के हो बुद्ध कसैले खोजेन ।
सिद्धार्थको गृहत्याग कसैले बुझेन ।
ती बालक, वृद्ध, रोगी, मुर्दा
के हुन्, कसैले चिन्न चाहेन ।
ज्ञान के हो, कसैले मनन गरेन ।

हरेकले हेरे सिद्धार्थको आँखाबाट
यो गजत,
नित्य ञ् अनित्य
जीव ञ् ईश्वर
आफ्नो आँखा पूर्ण बन्द गरेर,
भट्याईरहे शून्यवाद
थेरवाद
हीनयान
महायान
बज्रयान
आफ्नो विचार शून्य गरेर ।

कसैले चाहेन आँफूभित्रको बुद्धत्व
बुझ्न चाहेन प्रकृतिको भाषा
सुन्न चाहेन आफूभित्रको आवाज
र वञ्चित भै रह्यो
बुद्धत्व प्राप्त गर्न ।

तर…

फगत, भनिरह्यो
अप्प दीपो भव ।

प्रतिक्रिया
सम्बन्धित