शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

पर्यटन व्यवसायी सुमन पाण्डे पाटाको कार्यसमितिमा निर्वाचित

दैनिक नेपाल २०७९ जेठ ४ गते ८:००

काठमाडौं, ४ जेठ । नेपाली पर्यटन व्यवसायी सुमन पाण्डे प्यासिफिक एशिया ट्राभल एसोशिएसन (पाटा)को ७१औं साधारण सभाबाट सचिव/कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

पाटा नेपाल च्याप्टरको पूर्वध्यक्ष समेत रहेका पाण्डे यसअघि अक्टोबर २०२० मा पहिलो पटक मतदानमार्फत सोही पदमा निर्वाचित हुनाका साथै आगामी दुई वर्षका लागि हुने दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् ।

साहसिक पर्यटन, ट्राभल, हवाई सेवा, होटेल, रेष्टुराँलगायत तीन दशक भन्दा बढी विभिन्न विधामा संलग्न रहनाका साथै ट्रेकिङ एजेन्टस एसोशिएसन अफ नेपाल (टान)को अध्यक्ष, एयरलाइन अपरेर्टस एसोशिएसन (आवान)को महासचिव, नेपाल पर्यटन बोर्डको सदस्य, नेपाल पर्यटन वर्ष २०११ राष्ट्रिय कार्यसमितिको सदस्य लगायत विभिन्न व्यावसायिक नेतृत्वमा संलग्न रहेका उनी सम्मिलित पाटा कार्यसमितमा हाल टिमोर लिस्तेमा कार्यरत ब्रिटिस नागरिक पिटर सिमोन अध्यक्ष तथा ताईवानका बेन लिआवो उपाध्यक्ष निर्वाचित भएका छन् ।

सन १९७५ देखि नेपाल पाटाको सदस्य रही आएको र नेपाली पर्यटनलाई अन्तराष्ट्रिय प्रसारणलगायत योजना, प्रवर्द्धन, पर्यटकीय सामग्री, सङ्कट निवारणलगायत विभिन्न क्षेत्रमा पाटासँग नेपालको सहकार्य भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित