शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

दुई दिन बिदा लागू गर्न समस्या

दैनिक नेपाल २०७९ जेठ ५ गते ७:३४

काठमाडौँ, ५ जेठ । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि केही क्षेत्रमा कार्यान्वयनमा समस्या देखिएको छ । सरकारी निर्णय कार्यान्वयन गर्न नसक्ने जनाउँदै केही सरकारी निकायले आइतबार बिदा नदिने भएका छन् ।

त्रिभुवन विश्वविद्यालयले आइतबार सार्वजनिक बिदा दिन नसक्ने निर्णय गरेको छ । वर्षे बिदाका कारण त्रिविको पढाइ अहिले बन्द छ । त्रिविमा आबद्ध प्राध्यापक, कर्मचारी तथा विद्यार्थीलाई स्थानीय तहको निर्वाचमा खटिन सहज हुने गरी त्रिविले वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म आङ्गिक क्याम्पसहरूमा वर्षे बिदा दिएको छ ।

विश्वविद्यालयमा कोरोना असरका कारण पठनपाठन ढिलो भएको, परीक्षा र पढाइका कार्यक्रम यसअघि नै सार्वजनिक भइसकेको तथा विश्वविद्यालयले तयार पारेको शैक्षिक पात्रो सातामा छ कार्य दिनलाई ध्यानमा राखेर तयार पारिएको हुनाले आइतबार बिदा दिन नसकिने त्रिविले जनाएको छ ।

बूढानीलकण्ठ नगरपालिकाले पनि आइतबार बिदा नदिने निर्णय गरेको छ । खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया
सम्बन्धित