शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

गगन थापाको क्षेत्रको वडामा एमालेको सानदार क्लिन स्वीप

दैनिक नेपाल २०७९ जेठ ५ गते ११:५२

काठमाडौँ, ५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र काठमाडौं–४ मा नेकपा (एमाले)ले सानदार क्लिन स्वीप गरेको छ ।

थापाको निर्वाचन क्षेत्र बुढानिलकण्ठ नगरपालिकका ८ वडा र काठमाडौँ महानगरपालिकाको ४ वडा पर्दछ ।

तीमध्ये बुढानिलकण्ठका ८ वटै वडामा एमालेले जितेको छ भने काठमाडौँ महानगरालिकाको परिणाम प्रकाशित भएको एउटा वडा पनि एमालेले जितेको छ । तीन वटा वडामा गणना जारी रहेको छ ।

एमालेले बुढानिलकण्ठका १, २, ८, ९, १०, ११, १२ र १३ र काठमाडौँको १ नम्बर वडा जितेको छ ।

नेकपा (एमाले) का स्थायी समिति सदस्य डा. राजन भट्टराईको निर्वाचन क्षेत्र पनि त्यही हो । यसपटकको निर्वाचनमा डा. भट्टराई आफैले कमाण्ड गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित