मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

विराटनगरको उपमेयरमा एमालेकी शिल्पा कार्कीको फराकिलो अग्रता

दैनिक नेपाल २०७९ जेठ ५ गते १३:४०

मोरङ, ५ जेठ । विराटनगर महानगरपालिकाको उपमेयरमा नेकपा (एमाले)की उम्मेदवार शिल्पा कार्कीले फराकिलो मतान्तरले अग्रता लिइरहेकी छन् ।

मेयरमा एमालेका उम्मेदवार पछि परेपनि उपमेयरमा कार्कीले गठबन्धनका उम्मेदवार भन्दा ६७३७ मतको अग्रता कायम गरेकी छन् ।

हालसम्म ५९८३० मत गणना उपमेयरमा एमालेकी कार्कीले १६५५२ मत प्राप्त गर्दै अग्रता कायम राखेकी छन् ।

गठबन्धनबाट उम्मेदवार बनेका जसपाका अरमेन्द्र यादवले भने ९८१५ मत मात्र पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित