शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

८० प्रतिशतको मतपरिणाम आइसक्यो: निर्वाचन आयोग

दैनिक नेपाल २०७९ जेठ ५ गते १७:०५

काठमाडौँ, ५ जेठ । निर्वाचन आयोगले स्थानीय निर्वाचनको ८० प्रतिशत परिणाम आइसकेको जनाएको छ ।

वुधबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७५३ मध्ये ५७० स्थानीय तहको पूर्ण नतिजा आइसकेको जनाएका छन् ।

‘अहिलेसम्म ५७० स्थानीय तहको पूर्ण परिणाम आएको छ । १७४ नगर प्रमुख/उपप्रमुख, ३९६ गाउँपालिका अध्यक्ष/उपाध्यक्ष निर्वाचित भइसक्नुभएको छ । ३५ हजार २२१ जनप्रतिनिधिमध्ये २९ हजार ३ण्३ जना निर्वाचित भइसक्नुभयो’, प्रवक्ता पौडेलले भने ।

आयोगले छिटो मतपरिणाम निकाल्ने व्यवस्थापनको प्रयास भइरहेको बताएको छ ।

‘जुन पालिकाहरुमा नयाँ पदाधिकारीहरुले पद सम्हाल्ने स्थिति हुँदैन, त्यहाँ केही दिनले त्यति ठूलो फरक त नपर्ला । तर, त्यो समयमा रिक्त हुन्छ वा हुँदैन वा के हुन्छ भन्नेमा निर्वाचन आयोगले भन्दा सरकार र संघीय मन्त्रालयले भन्नु उपयुक्त हुन्छ’, पौडेलले भने ।

प्रतिक्रिया
सम्बन्धित