शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

व्यासको प्रमुखमा स्वतन्त्र र उपप्रमुखमा एमालेको अग्रता

दैनिक नेपाल २०७९ जेठ ५ गते १६:१२

दमौली, ५ जेठ । तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिनुभएको छ । हालसम्म गणना भएकामध्ये स्वतन्त्र उम्मेदवार जोशीले एक हजार ३१६ मत प्राप्त गर्नुभएको छ ।

प्रतिस्पर्धी नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले ८६१ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेकपा एमालेका बसुन्धरा घर्तीले अग्रता लिनुभएको छ । घर्तीले एक हजार ३४ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्दिरा दरैले ९६५ मत प्राप्त गर्नुभएको हो । चौध वडामध्ये व्यासका वडा नं १, २, ३ र ४ को मतगणना भइरहेको छ ।–रासस

प्रतिक्रिया
सम्बन्धित