शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

काठमाडौँमा बालेन र सुनिता कति मतले अघि छन् ?

दैनिक नेपाल २०७९ जेठ ५ गते २३:१७

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरपालिकामा हालसम्म ६३ हजार ६० मतगणना भइसकेको छ ।

केही बेरअघिको विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह २३ हजार ७६० मतसहित अग्रता कायम गरिरहेका छन् ।

त्यस्तै, नेकपा एमालेका केशव स्थापितले १२ हजार ५२४ मत ल्याउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले ११ हजार ८५४ मत ल्याएकी छन् ।

त्यस्तै, राप्रपाका मदनदास श्रेष्ठ २०६८ मत ल्याउँदा विवेकशील साझाकी समीक्षमा बास्कोटा २३६ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी, उपमेयरकी उम्मेदवार नेकपा (एमाले)की सुनिता डंगोलले २३ हजार २९२ मतले फराकिलो अग्रता कायम गरिरहँदा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार २७३ मत पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित