बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

प्रताप दास र स्मृति गौतमको स्वरमा कुमारीको ‘बैंश जोबन २’ (भिडियो सहित)

दैनिक नेपाल २०७९ जेठ ६ गते ११:४४

काठमाडौँ, ६ जेठ । अजम्बरी प्रेम कथामा कुमारी लामाको लोक दोहोरी गीत ‘बैंश जिबन भाग २’ भर्खरै बजारमा आएको छ । गीतमा स्कुल पढ्दा देखि बसेको प्रेम प्रगाडताको भाव रहेको छ । रिमंचक स्वादमा तयार भएको गीतमा प्रताप दास र स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ ।

स्थानीय चुनाब भर्खरै सम्पन्न हुँदा र यस बिचमा गीत संगीतको बजारमा थोरै मात्र प्रस्तुति सार्बजनिक भैरहंदा, यस गीतले अशंख्य संगीतका अनुरागीहरुलाई खुबै आनन्द प्रदान गर्ने कुरामा निर्माण युनिट ढुक्क रहेको छ । गीतलाई लय रेशम थिङ्ग तयार पारेका हुन् भने शब्द रबिन लामाले भरेका छन् ।

गीत निकै उत्कृष्ट बनेको छ र गीतको माधुर्यता जस्तै भिडियोलाई पनि आकर्षक रुपमा तयार पारिएको छ कुमारी लामाको ‘बैंश जिबन भाग २’ को म्युजिक भिडियोमा ख्याती प्राप्त मोडल प्रकाश तामाङ्ग राज र रुबिना अधिकारीको आकर्षक अभिनय देख्न सकिन्छ । यस गीतका मोडल राजले यस अघि पनि थुप्रै गीतहरुको म्युजिक भिडियोमा आफ्नो दक्षता प्रस्तुत गरिसकेका छन् ।

माथि उल्लेखित गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन राजकुमार मगरले गरेका छन् । गीतको भिडियोलाई राम स्याङ्गतान आफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो :

प्रतिक्रिया
सम्बन्धित