बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

बाराको कलैया उपमहानगरमा गठबन्धनलाई ताेड्दै एमाले जीत नजिक

दैनिक नेपाल २०७९ जेठ ६ गते १७:४२

काठमाडौं, ६ जेठ । बाराको कलैया उपमहानगरपालिकामा नेकपा (एमाले)ले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पछि पारेको छ ।

मेयरमा एमालेका विनोद साह कांग्रेसका राजेश रायलाई ७ हजार मतान्तरले पछि पार्दै विजय नजिक पुगिसकेका छन् ।

साह अघिल्लो निर्वाचनमा राजेशसँगै १८४ मतान्तरले पराजित भएका थिए ।

त्यस्तै, उपमेयरमा पनि एमालेकै रौशन पर्विन पनि जित नजिक छिन् ।

प्रतिक्रिया
सम्बन्धित