शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेका श्रेष्ठ निर्वाचित

दैनिक नेपाल २०७९ जेठ ७ गते ७:२०

काठमाडौं, ७ जेठ । ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ ९ हजार ३५० मतसहित निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ५ हजार ६५८ मत प्राप्त गरेका छन् । यस्तै, उपमेयरमा भने नेपाली कांग्रेसकी लक्ष्मी महर्जन निर्वाचित भएकी छिन् ।

महर्जनले ९ हजार ५९१ मत प्राप्त गरेकी छिन् भने एमालेकी विणा महर्जनको ८ हजार ६८३ मत प्राप्त गरिन् ।

प्रतिक्रिया
सम्बन्धित