शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पा बने वकिल

दैनिक नेपाल २०७९ जेठ ७ गते ८:०८

अमेरिका, ७ जेठ । अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पा (लामा) शेर्पा वकिल बनेका छन् ।

शेर्पा जाती हिमाल चढ्ने, हिम चुचुरोमा खेल्ने, हिम शिखर मै रमाउने र सयौं कीर्तिमान कायम गरीरहने आँटिला, जोशिला र बहादुर मानिने शेर्पा समुदायकै प्रतिनिधित्व गर्दै अमेरिकामा अधिवक्ता बन्न सफल भएका छन् । सम्भवतः अमेरिकामा वकिल बन्ने उनी पहिलो शेर्पा समेत हुन् ।

साङ्गेले उत्कृष्ट जिपीए हासिल गर्दै लेखा संकाय (एकाउन्टीङ्ग) समेतमा उत्तीर्ण हुँदै अमेरिकी अधिवक्ता बनेका हुन् । उनले २० मे २०२२ का दिन रजर विलियम युनिभर्सिटी (बिश्वविद्यालय)बाट कानुन उपाधिमा स्नातक गरेका हुन् ।

शेर्पाले अमेरिकाको रोड आइल्याण्डको एक निजी विश्वविद्यालय रोजर विलियम्स विश्वविद्यालय ब्रिस्टलबाट स्नातक गरेका हुन् । अधिवक्ता हुन साथ आगामी अगस्त महिनादेखि आफ्नो पहिलो जागिर न्यूयोर्क शहरमा सहायक जिल्ला अधिवक्ता (एडिए–एसिस्टेन्ट डिस्ट्रिक एटोर्नी) पदमा काम थाल्ने भएका छन् ।

साङ्गे शेर्पा सामाजिक अभियन्ता बुबा छेवाङ शेर्पा लामा र आमा आंगफूर्बा शेर्पा लामाका कान्छा सुपुत्र हुन् । विजय थापाबाट

प्रतिक्रिया
सम्बन्धित