बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बैंक अफ काठमाण्डूका ग्राहकलाई फील गुड बार एण्ड ग्रिलमा १०% सम्मको विशेष छूट

दैनिक नेपाल २०७९ जेठ ७ गते ९:२९

काठमाडौं, ७ जेठ । बैंक अफ काठमाण्डू लिमिटेड र फील गुड बार एण्ड ग्रिलबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट पोओएस तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १०% सम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । फील गुड बार एण्ड गिल्लले एयरपोर्ट मोड, बिराटनगरबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ वटा शाखा कार्यालय, ९३ वटा एटीएम र १० वटा एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित