मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपूर्ण केबुलकार चढ्दा १० प्रतिशत छुट पाउने

दैनिक नेपाल २०७९ जेठ ७ गते ९:५१

काठमाडौं, ७ जेठ । माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपूर्ण केबुलकार चढ्दा विशेष छुट पाउने भएका छन् ।

पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने गरि व्यवसायिक सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा अन्नपूर्ण केबुलकार प्रालिका महाप्रबन्धक दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकका शाखा प्रमुख आलोकमान श्रेष्ठले हस्ताक्षर गरेका छन् । अन्नपूर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो । जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्याउँर्दै आई रहेको छ ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले अन्नपूर्ण केबुलकारबाट टिकेट काँटदा बिलमा १० प्रतिशतसम्म छुट पाउने छन् । उक्त केबुलकार सुविधा पोखराको सेदीबगरदेखि सारङ्खकोटसम्म रहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउन सक्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित