शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

भरतपुरमा ७५,३८८ मत गन्दा रेनुको फराकिलो अग्रता

दैनिक नेपाल २०७९ जेठ ७ गते १४:३०

चितवन, ७ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा ७५ हजार ३८८ मतगणना सकिएको छ । पछिल्लो गणनाअनुसार सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की मेयर पदकी उमेदवार रेनु दाहालले निकटतम प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पछि छाडेकी छन् ।

रेनुले २९ हजार २२६ मत पाएकी छन् । नेकपा (एमाले)का उमेदवार विजय सुवेदीले २३ हजार ५१९ मत ल्याएका छन् । रेनु विजयभन्दा पाँच हजार ७०७ मतान्तरले अगाडि छन् ।

यस्तै, स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १० हजार २५९ मत प्राप्त गरेका छन् । भरतपुरमा एक लाख २७ हजारभन्दा बढी मत खसेको छ ।

प्रतिक्रिया
सम्बन्धित