बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

इजरायल- प्यालेष्टाइन द्वन्द्वः एक किशोरको मृत्यु

दैनिक नेपाल २०७९ जेठ ७ गते १५:०८

रामल्लाह, ७ जेठ । इजरायल अधिनस्थ पश्चिमी किनाराको जेनिनमा शनिबार भएको झडपमा एकजना प्यालेष्टिनी किशोरको मृत्यु भएको छ ।

इजरायली सेनासँग भएको झडमा एकजना १७ वर्षीय किशोरको मृत्यु भएको तथा अर्का एकजना १८ वर्षका किशोर गम्भीर घाइते भएका प्यालेष्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्यालेष्टिनी समाचार संस्था वाफाले मारिएका किशोर अमजद अल–फयद भएको बताएको छ ।

इजरायली सेनाले भने जेनिनको उत्तरपश्चिममा रहेको काफ्रदान गाउँमा संदिग्धहरूले गुडिरहेको गाडीबाट आफूहरूमाथि गोली र विष्फोटक उपकरणबाट प्रहार गरेकाले जवाफी कारबाहीमा ती किशोर मारिएको स्पष्ट गरेको छ ।

पश्चिमी किनारास्थित जेनिन क्षेत्रमा सशस्त्र प्यालेस्टिनी समूहहरूको केन्द्रमा गत महिनादेखि लगातार छापा मारिरहेको छ । संदिग्धहरूलाई पत्ता लगाउन जारी कारबाहीका क्रममा दैनिक घातक झडपहरू भइरहेका छन् ।

यस्तै झडपमा अल जजीराकी पत्रकार शिरिन अबु अक्लेहको हालै मृत्यु भएको थियो ।-रासस

प्रतिक्रिया
सम्बन्धित