बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

अन्तिम खेलमा नेपालले युगान्डालाई ३३ रनले पराजित

दैनिक नेपाल २०७९ जेठ ७ गते १६:४३

काठमाडौँ, ७ जेठ । टी-२० शृङ्खलाको अन्तिम खेलमा नेपालले युगान्डालाई ३३ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टी-२० महिला क्रिकेट प्रतियोगिताको शनिबार भएको पाँचौं खेलमा नेपालले सहज जित हासिल गरेको हो। नेपालले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ६ विकेटको क्षतिमा ९० रन मात्रै बनायो।

युगान्डाका लागि रिता मुसामालीले २६, केभिन अविनोले १६ र जेनेत एम्बाजीले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्। नेपालका लागि सीता राना मगर र इन्दु वर्माले दुई-दुई तथा अस्मिना कर्माचार्य र हिरणमयी रोयले एक-एक विकेट लिए।

प्रतिक्रिया
सम्बन्धित