बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

सौन्दर्य प्रतियोगितामा बलात्कार आरोपमा मनोज पाण्डे पक्राउ

दैनिक नेपाल २०७९ जेठ ७ गते १८:२३

सांकेतिक तस्वीर

काठमाडौं, ७ जेठ । बलात्कार आरोपमा सौन्दर्य प्रतियोगिताका आयोजक मनोज पाण्डे पक्राउ परेका छन् ।

प्रहरीले पाण्डेलाई शनिबार पक्राउ गरेको हो ।

उनलाई स्वयम्भूबाट पक्राउ गरेको प्रहरीले दैनिक नेपाललाई जनाएको छ ।

आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीमाथि बलात्कार गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिता आयोजना गरेका थिए ।

त्यस क्रममा आफूलाई बलात्कार गरेको एक युवतीले सामाजिकसंजालमार्फत सार्वजनिक गरेकी थिइन् ।

 

प्रतिक्रिया
सम्बन्धित