शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड भोलि आयोजना हुँदै

सरगम भट्टराई २०७९ जेठ ७ गते १९:५३

न्यूयोर्क, ७ जेठ । संसारको आर्थिक राजधानी तथा पर्यटनको केन्द्र मानिने न्यूयोर्कमा सन् २०१६ देखि हरेक बर्ष मे महिनाको तेस्रो आईतबार सम्पन्न हुने ‘नेपाल डे परेड’ यस बर्ष पनि आयोजना गरिने भएको छ ।

बिगत केही बर्षदेखि बिभिन्न संघ संस्थाहरुको सक्रियता र संयोजनमा भइरहेको यो परेड यस वर्ष भने ग़ैरआवासीय नेपालीहरुको साझा संस्था ‘एनआरएनए अमेरिका, न्यूयोर्क च्याप्टर’ ले संयोजन गर्न लागेको ग़ैरआवासीय नेपाली संघ न्यूयोर्क च्याप्टरका अध्यक्ष आङछिरिङ शेर्पाले बताए ।

भोलि मे २२ आइतबारका दिन म्यानह्याटनको ३८ स्ट्रीट र म्याडिसन एभिन्युबाट बिहान ११ बजे परेड शुरू हुने छ । परेडमा नेपालका विभिन्न जातजाति संस्था र समुदायका संस्कृति झल्काउने विभिन्न पोशाक, झाँकी तथा नृत्यहरु प्रदर्शन गरिने छ ।

नेपाल डे परेड सफलतापूर्वक सम्पन्न गर्न न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासलगायत धेरै संघसंस्थाहरूले सार्वजनिक आव्हान गरेका छन् ।

संसारकै पर्यटनको केन्द्र रहेको न्यूयोर्कमा नेपाल र नेपालीको पहिचान झल्काउने परेडले नेपाललाई विश्वसामु चिनाउने विशेष भूमिका रहने अपेक्षा गरिएको छ । कोभिड–१९ का कारणले सन् २०२० र २०२१ मा नेपाल डे परेड स्थगित भएको थियो । यस वर्ष भब्यताका साथ मनाउनका लागि सबै तयारी पूरा भएको आर्थिक विभागका संयोजक टक बहादुर रुवालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित