काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकामा एक लाख मत गणना सकिएको छ ।
मत गणनाको पछिल्लो विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन् ।
एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन् । साहले ३६ हजार २२६ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) को मत १९ हजार ९१० रहेको छ भने स्थापित १९ हजार ८५० मतले पछ्याइरहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस