शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

इटहरीको मेयरमा कांग्रेसका पौडेल र उपमेयरमा एमालेकी चौधरी निर्वाचित

दैनिक नेपाल २०७९ जेठ ८ गते ७:१७

सुनसरी, ८ जेठ । सुनसरीको इटहरी उपमहानगरपालिका मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित भएका छन् ।

उनी एमालेका यामकुमार चुङ्गवाङ सुब्बालाई ५ हजार १८ मतान्तरले हराएर मेयर बनेका हुन् । पौडेलले ३३ हजार ४९ मत ल्याउँदा सुब्बाले २८ हजार ३१ मत पाए । राप्रपाको आकाश लिम्बुले ३ हजार ९ सय ८ मत पाए ।

उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी विजयी भएकी छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई हराउँदै चौधरी उपमेयरमा निर्वाचित भएकी हुन् । चौधरीले ३२ हजार ४ सय ३६ मत पाउँदा विष्टले १८ हजार ३१ मत पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित