बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

पोखरा महानगरमा १ लाख १ हजार १२१ मत गणना सकियो, कसले कति मत पाए ?

दैनिक नेपाल २०७९ जेठ ८ गते ८:४३

कास्की, ८ जेठ । पोखरा महानगरपालिकामा अहिलेसम्म १ लाख १ हजार १ सय २१ मतगणना गरिएको छ ।

पोखरा महानगरमा गठबन्धनबाट मेयर पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ४० हजार ४३४ मत पाएका छन् । यस्तै नेकपा एमालेका कृष्ण थापाले ३७ हजार १७४ मत पाएका छन् । आचार्य थापाभन्दा ३ हजार २६० मतले अगाडि छन् ।

यस्तै राप्रपाका शङ्कर खरालले ४ हजार ५८२ मत प्राप्त गरेका छन् भने मेयर पदका स्वतन्त्र उम्मेदवार खड्कराज पौडेल गनेशले २ हजार ६१३ मत पाएका छन् ।

उपमेयरतर्फ भने एमालेकी मञ्जु गुरुङ कांग्रेसकी कोपिला रानाभाटभन्दा १ हजार ६१२ मतका साथ अगाडि छिन् । गुरुङले ४२ हजार ३१६ र रानाभाटले ४० हजार ७०४ मत पाएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित