शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता कायमै

दैनिक नेपाल २०७९ जेठ ८ गते ९:२५

दाङ, ८ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेबाट मेयर पदका उम्मेदवार टीकाराम खड्काले १५ हजार ४०५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५९४ मत पाएका छन् ।

यस्तै, उपमेयरमा एमालेकी स्यानी चौधरीले १४ हजार ६१५ मत पाउँदा एकीकृत समाजवादीकी जोगबहादुर रानाले १० हजार ८९२ मत पाएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित