बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बढ्यो सुनको मूल्य

दैनिक नेपाल २०७९ जेठ ८ गते ११:४२

काठमाडौँ, ८ जेठ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ७०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० थियो ।

प्रतिक्रिया
सम्बन्धित