बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

धनुषाको क्षीरेश्वरनाथमा प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

दैनिक नेपाल २०७९ जेठ ८ गते १२:३७

धनुषा, ८ जेठ । क्षीरेश्वरनाथ नगरपालिकामा प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली कांग्रेसले जित हात पारेको छ । प्रमुखमा एमाले सुखदेव यादवले कांग्रेसका उम्मेदवार योगेन्द्र पजियारलाई ६१३ मतान्तरले पराजित गर्दै विजयी हासिल गर्नुभएको हो ।

यादव कुल सात हजार ९१३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी पजियारले सात हजार ३०० मत मात्र प्राप्त गर्नुभएको छ । उपप्रमुखमा कांग्रेसकी उम्मेदवार रचना श्रेष्ठ माथेमाले दोस्रो कार्यकाल लागि पुनः निर्वाचित हुनुभएको छ ।

उहाँले सात हजार ५५० मत पाउँदा उहाँको निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार सालिनी चौधरीले सात हजार ५११ मत प्राप्त गर्नुभएको छ ।

यस क्षीरेश्वरनाथका १० वडामध्ये आठ वडाध्यक्ष र उपप्रमुखसहित कांग्रेसका उम्मेदवारले जित्न सफल भए पनि दुई वडा र नगरप्रमुख पदमा एमाले जित निकाल्न सफल भएको छ ।–रासस

प्रतिक्रिया
सम्बन्धित