शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दैनिक नेपाल २०७९ जेठ ८ गते १३:५८

पाल्पा, ८ जेठ । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका –९ दमकडा बजारमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका तिनाउ गाउँपालिका – ५ मस्यामका २२ वर्षीय योगेश रास्कोटीको उपचारका क्रममा आइतवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रास्कोटीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइएकोमा आइतवार उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान कार्य जारी छ ।

प्रतिक्रिया
सम्बन्धित