शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

जापानमा ५.८ म्याग्निच्युडको भूकम्प

दैनिक नेपाल २०७९ जेठ ८ गते १५:१३

टोकिया, ८ जेठ । जापानको इबाराकी प्रान्तमा ५.८ म्याग्निच्युडको भूकम्प गएको समाचारमा जनाइएको छ । जापानको मेटेरियोलोजिकल विभागले जनाएअनुसार यहाँ सुनामीको खतरा भने देखिएको छैन ।

यहाँ आइतबार दिउँसो ५.८ म्याग्निच्युडको भूकम्प आएको र यसबाट सुनामीको खतरा नदेखिएको सुचना जारी गरिएको समाचारमा जनाइएको छ । उक्त भूकम्पबाट भएको क्षतिको बारेमा अहिले नै सूचना आएको छै्रन । अधिकारीहरुले सो क्षेत्रमा उद्धारकर्ताहरु खटिरहेको जनाएका छन् । –रासस

प्रतिक्रिया
सम्बन्धित