बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

नेपालगञ्ज उपमहानगरपालिकालाई अपाङ्गमैत्री बनाइने छ : नगरप्रमुख विष्ट

दैनिक नेपाल २०७९ जेठ ८ गते १६:५८

राँझा, ८ जेठ । नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रशान्त विष्टले उपमहानगरपालिका कार्यालयलाई अपाङ्गमैत्री बनाइने बताउनुभएको छ ।

उपमहानगरपालिकामा निर्वाचित भए पश्चात आज पदभार ग्रहण गर्दै उहाँले अपाङ्ग र ज्येष्ठ नागरिकको सेवालाई सहज बनाउन उपमहानगरपालिकामा लिफ्ट जडान गर्ने, ज्येष्ठ नागरिकलाई सहज तरिकाले वडा कार्यालयबाटै बैंकिङ प्रतिनिधिमार्फत सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने, भेरी अस्पतालमा बिरामी तथा कुरुवाका लागि सहज तरिकाले खानाको व्यवस्थापन गरिरहेको अञ्जनी माता रसोईलाई प्रति महिना रु एक लाख प्रदान गर्नेलगायतका निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

गठबन्धनका तर्फबाट उपमहानगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दीन राई निर्वाचित हुनुभएको थियो । निवर्तमान नगरप्रमुख डा धवलसम्शेर राणाले विष्टलाई र निवर्तमान उपप्रमुख उमा थापामगरले राईलाई पद हस्तान्तरण गर्नुभएको थियो ।–रासस

प्रतिक्रिया
सम्बन्धित