शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

४१ हजार २७९ मतका साथ बालेनको अग्रता, पछ्याउँदै सिर्जना र स्थापित

दैनिक नेपाल २०७९ जेठ ८ गते १७:११

काठमाडौँ, ८ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ । पछिल्लो प्राप्त मतगणनाअनुसार ४१२७९ मतका साथ उनी शीर्ष स्थानमा रहेका छन् ।

हाल प्राप्त मतगणनाअनुसार बालेनले ४१२७९ मत पाएका छन् भने सिर्जनाले २३८५५ र स्थापितले २३०२४ मत पाएका छन् । यस्तै, राप्रपाका मदनदास श्रेष्ठले १७९६ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले १२९३ मत पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित