शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेपाल पर्वतारोहण संघको साधारणसभा स्थगन गर्न आह्वान

दैनिक नेपाल २०७९ जेठ ८ गते १९:५४

काठमाडौं, ८ जेठ । नेपाल पर्वतारोहण संघको भोलि सोमबार हुने भनिएको साधारणसभा स्थगन गर्न आह्वान गरिएको छ ।

आज आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गैरीधारा सिल्भर ओक बैंकेटमा बोलाइएको सभा बहिष्कार गर्न सबै सदस्यहरूलाई आग्रह गरिएको हो ।

संघका निर्वतमान अध्यक्ष आङछिरिङ शेर्पा, पूर्वध्यक्ष जिम्मा जाङ्बु शेर्पा र कार्यसमिति सदस्य तुल्सी गुरुङले संघको गैरवैधानिक ३१औं साधारणसभा स्थगन गर्न सम्बन्धित सबैलाई आग्रह गरेका हुन् ।

संघको साधारणसभा विधानविपरीत रहेका भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि कुनै पनि कामकारबाही नगर्न आदेश दिएको उनीहरूको भनाई छ ।

संघका बहुसंख्यक सदस्यहरू, आरोहीहरू, पर्यटन मजदुरहरू तथा पर्यटन व्यवसायीहरू हिमाल आरोहण तथा टे«किङ पेशामा काठमाडौं उपत्यकाभन्दा बाहिर ब्यस्त रहेको मौका छोपेर दुई वर्षअगाडि नै कार्यकाल समाप्त भइसकेका कार्यसमितिले संघको विधानविपरीत केन्द्रीय सचिवालयले भोलि गर्न लागेको साधारणसभा स्थगन गर्नुपर्ने उनीहरूको माग छ ।

यसअघि समयमा गर्नुपर्ने केन्द्रीय कार्यसमितिको निर्वाचनलाई गौण बनाई विषयलाई पुनः निरन्तरता प्रदान गर्दै ३१औं वार्षिक साधारणसभा ०७८ चैत्र ९ गते बोलाइएकोमा पाटन उच्च अदालतको अन्तरिम आदेश पश्चात् स्थगित गरिएको थियो ।

‘भोलि बोलाइएको साधारणसभा आरोही, ट्रेकिङ मजदुर तथा पर्यटन व्यवसायीहरूलाई आफ्नै हक अधिकारबाट बञ्चित गर्ने षड्यन्त्रको भण्डारफोर गर्दै हामी निन्दा गर्दछौ,’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित