शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अनेसास निर्वाचन समिति गठन

दैनिक नेपाल २०७९ जेठ ८ गते २०:४६

काठमाडौं, ८ जेठ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विजयराज भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

आगामी कार्यसमिति २०२२–२०२४ को निर्वाचनका लागि उक्त समिति गठन गरेको हो । अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा शनिबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

समितिको प्रमुख निर्वाचन आयुक्तमा विजयराज भट्टराई तथा निर्वाचन आयुक्तहरूमा तीर्थ पाण्डे, पुष्पा खनाल, कुमारबाबु सिम्खडा, डा. मुकुन्द बाग्ले पथिक सदस्य रहेका छन् ।

अनेसासको विधानानुसार प्रत्येक दुई–दुई बर्षको जुन १० बाट निर्वाचन प्रक्रिया सुरु भएर जुलाई १० सम्ममा अन्तिम नतिजा प्रकाशन गरिसक्नु पर्ने हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित