शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

ग्यासको मूल्य एकैपटक प्रतिसिलिण्डर २०० रुपैयाँले बढ्यो, कति पुग्यो पेट्रोलको मूल्य ?

दैनिक नेपाल २०७९ जेठ ८ गते २१:०८

काठमाडौं, ८ जेठ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८०० रुपैयाँ पुगेको छ ।

आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य आज आइतबार राति १२ बजेदेखि लागू हुने छ ।

प्रतिक्रिया
सम्बन्धित