शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

काठमाडौं महानगर अपडेट : स्वतन्त्र उम्मेदवार बालेनलाई करीब १८ हजार मतको अग्रता

दैनिक नेपाल २०७९ जेठ ९ गते ७:२२

काठमाडौं, ९ जेठ । काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले निकटतम प्रतिस्पर्धी उम्मेदवारभन्दा करीब १८ हजार मत बढी ल्याएका छन् ।

महानगरको १ लाख २८ हजार ४८५ मत गन्दा बालेन साहले ४३ हजार ८५० मत प्राप्त गरेका छन् । उनको यो मत निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहको भन्दा १७ हजार ९०६ मतले बढी हो ।

कांग्रेसकी सिंहले हालसम्म २५ हजार ९४४ मत पाएकी छिन् भने एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत पाएका छन् । महानगरको उपमेयरमा एमालेकी सुनिता डङ्गोल करीब जितनजिक पुगेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित