शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

काठमाडौं महानगरको उपमेयरमा एमालेकी डङ्गोललाई ३० हजार मतको अग्रता

दैनिक नेपाल २०७९ जेठ ९ गते ७:५४

काठमाडौं, ९ जेठ । काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डङ्गोलले फराकिलो मतान्तर कायम गर्दै जिततर्फ उन्मुख भएकी छिन् ।

पछिल्लो मत परिणाम अनुसार डङ्गोलले ४६ हजार २२१ मत पाएकी छिन् । यो एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३० हजार ८१० मतले अगाडि हो । श्रेष्ठले अहिलेसम्म १५ हजार ४११ मत प्राप्त गरेका छन् ।

यस्तै काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले निकटतम प्रतिस्पर्धी उम्मेदवारभन्दा करीब १८ हजार मत बढी ल्याएका छन् ।

महानगरको १ लाख २८ हजार ४८५ मत गन्दा बालेन साहले ४३ हजार ८५० मत प्राप्त गरेका छन् । उनको यो मत निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहको भन्दा १७ हजार ९०६ मतले बढी हो ।

कांग्रेसकी सिंहले हालसम्म २५ हजार ९४४ मत पाएकी छिन् भने एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित