बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

आईएमई मोटर्सलाई ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्ड प्राप्त

दैनिक नेपाल २०७९ जेठ ९ गते ९:२०

काठमाडौं, ९ जेठ । आईएमई मोटर्सलाई ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मान गरिएको छ ।

भारतको कोचीमा शुक्रबारदेखि आयोजित ग्लोबल डिलर्स कन्फ्रेन्समा अशोक लेलैन्डले आईएमई मोटर्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई उक्त अवार्डबाट सम्मान गरेको हो ।

आईएमई मोटर्स नेपालका लागि अशोक लेलैन्ड इन्डियाको आधिकारिक बिक्रेता हो । अशोक लेलैन्ड इन्डियाले आईएमई मोटर्सलाई गत आर्थिक वर्षमा उत्कृष्ट व्यापार गरेबापत उक्त अवार्डबाट सम्मान गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित