शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

गौरादह नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

दैनिक नेपाल २०७९ जेठ ९ गते ११:५४

सुरुङ्गा, ९ जेठ । झापाको गौरादह नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रमुख र उपप्रमुख दुवै पद जीतेको छ ।

बाह्र हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित हुनुभयो । उहाँले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका रोहित कुमार शाहलाई पराजित गर्नुभयो । शाहले ११ हजार ४४८ मत प्राप्त गर्नुभयो । शाह यसअघि सोही नगरको नगर प्रमुख पदमा निर्वाचित हुनुहुन्थ्यो ।

उपप्रमुखमा पनि एमालेका उम्मेदवार जलवर्षा राजवंशी विजयी हुनुभएको छ । राजवंशीले ११ हजार ९१४ मत प्राप्त गर्नुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार पुष्पलाल ढकाललाई पराजित गर्नुभयो । ढकालले १० हजार ३४८ मत प्राप्त गर्नुभएको छ ।

गौरादह नगरपालिकामा कांग्रेसले माओवादीलगायतका दलसँग गठबन्धन गरेको थियो । यो नगरमा नौ वडा रहेका छन् । जसमा वडा नं १ मा एमालेका तर्फबाट नगेन्द्र भण्डारी, २ मा कांग्रेसबाट गोपालप्रसाद कोइराला, ३ मा स्वतन्त्र उम्मेदवार दिलीपकुमार भण्डारी, ४ मा एमालेबाट दुर्गामणि बस्नेत, ५ मा एमालेबाट नै जगन्नाथ खनाल, ६ मा कांग्रेसबाट तोयानाथ प्रसाईं, ७ मा एमालेबाट बलराम खरेल, ८ मा माओवादीबाट गणेशकुमार राजवंशी र ९ मा एमालेबाट उपेन्द्र निरौला विजयी हुनुभएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित