शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

धरानवासीले आँत भिजाउन जिताएका हर्क

दैनिक नेपाल २०७९ जेठ ९ गते १२:१५

काठमाडौं, ९ जेठ । धरान उपमहानगरपालिकाको आगामी नेतृत्वका लागि हर्कराज राई (हर्क साम्पाङ)लाई जिताउनुको कारण तिर्खा रहेको व्याख्या हुन थालेको छ।

स्वतन्त्र उम्मेदवारका रुपमा रहेका हर्कले लौरो चुनाव चिन्हबाट धरान उपमहानगरपालिकाको मेयर पदमा जित निकालेका थिए। उनले शपथ लिइसकेका छन्।

सामाजिक अभियन्ताका रुपमा धरानका घर र किल्लामा चर्चा रहे पनि सामाजिक सञ्जालमा नछाएका हर्कको चर्चा उनको जितबाट हुन थाल्यो। उनलाई खास क्रान्तिकारी अभियन्ता र नेताका रुपमा व्याख्या गर्न थालिएको छ।

सामाजिक न्याय, भ्रष्टाचारविरोधी अभियानमा हर्क एक्लै मैदानमा लडिरहेका हुन्थे। उनको साथमा कुनै भिड थिएन तर मौन जनमतले उनको अभियानलाई अनुमोदन गरेको छ।

उनले धरानभरी मेयरको गाडी नचढी जनताका घरमा आफ्नो मोटरसाइकलबाटै भेटघाट गर्ने बताइसकेका छन्। त्यस अलावा जनताको करले पाउने तलव भत्ता लिए पनि एक रुपियाँ भ्रष्टाचार नगर्ने घोषणा नै गरिसकेका छन्।

हर्कको जितमा धरानले सँधै खेप्नुपरेको खानेपानी समस्या थियो। उनले स्थानीय चुनावमा धरानमा खानेपानी ल्याउने महत्वकांक्षी प्रतिबद्धता घोषणा गरेका थिए जसका कारण जित सुनिश्चित भएको मानिन्छ।

हर्कले चतरामा रहेको कोशीको पानीले धरानवासीको आँत भर्ने वाचा गरेका थिए। उनले जित पछि पनि यहि अभियानलाई पूर्णता दिने बताइसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित