बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दैनिक नेपाल २०७९ जेठ ९ गते १३:२८

काठमाडौँ, ९ जेठ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ढकालले ती बालिकालाई ललाई फकाई तिनाउ खोलामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित